नेपालमा लामो समयको प्रतीक्षापछि संविधानसभाबाट नयाँ संविधान जारी भएको एक वर्ष पूरा हुँदैैछ । नयाँ संविधान जारी भएको एक वर्ष पूरा हुने अघिल्लो दिन ब्लाष्ट टाइम्सको २२ औँ जन्मदिन परेको छ र हामीलाई के गर्व छ भने आप्mनो जन्मयता नेपालको हरेक राजनीतिक आन्दोलन, सङ्घर्ष र परिवर्तनमा ब्लाष्टको उत्तिकै सहभागिता र योगदान रहँदै आएको छ ।
स्थानीय विकास निर्माण र भ्रष्टाचारविरुद्धको अभियानलाई सार्थक तुल्याउन प्रकाशन प्रारम्भ भएको ब्लाष्ट २२ वर्षको लक्का जवान बन्ने क्रममा यसले थुप्रै आरोह–अवरोहहरु पार गरेको छ ।
ब्लाष्टले जहिले पनि सबाल्र्टनहरुको आवाज बुलन्द गर्दै आएको छ, सधैं सबाल्र्टनहरुको हितमा प्रतिगमन र पश्चगमनविरुद्ध अग्रगमनको उद्घोष गर्दै आएको छ । नयाँ संविधान जारी भएको एक वर्ष पूरा भए पनि यो पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन ।
विभिन्न बाधा–अवरोधहरुलाई पन्छाउँदै संविधान जारी हुनु महत्वपूर्ण उपलब्धि भए पनि यसलाई ऐतिहासिक र सबैको साझा बनाउन नसक्नु राजनीतिक कमजोरीको रुपमा देखिएको छ । प्रखर रुपमा नेपाली भूमिमा उदाएको पहिचानसम्बन्धी (लिम्बूवान, खम्बूवान, थारुवान, मधेशी, तमूवान, मगरात, नेवा, ताम्सिालिङ, किरातलगायत) मुद्दालाई सम्बोधन गर्न नसक्नु राज्यको दूरगामी सोंचविपरीत भएको हाम्रो ठहर छ । नेपाली राजनीतिमा यो ठूलो मोड ल्याउन र त्यसलाई उपलब्धिमूलक बनाउने कार्यमा सञ्चारको क्षेत्रबाट ब्लाष्टले पनि अहम् भूमिका निर्वाह गरेको कुरा हामी आज स्मरण गर्छौं ।
यसले जनता र राष्ट्रको हित तथा राष्ट्रियताको संरक्षणमा हरेक क्षण ‘वाचडग’ को रुपमा खबरदारी गर्दै आएको छ । यसै क्रममा संविधान निर्माणमा यसले निरन्तर सबाल्र्टन वर्ग तथा समुदायहरुको समावेशीता र सङ्घीयताको मुद्दालाई संविधानमा समेट्नुपर्ने विषय उठाउँदै आएको हो । तर संविधानसभाबाट संविधान बनाउँदा पनि नेताहरुले दल र व्यक्तिगत स्वार्थका आधारमा सबाल्र्टनहरुको आवाजलाई दबाएको हामीले महसुस गरेका छौँ ।
सुसूचित हुने नागरिक अधिकारलाई प्रत्याभूत गर्न हरेक क्षण ब्लाष्ट सचेत रुपमा सक्रिय छ । यसै क्रममा ब्लाष्टले आपूmलाई बढीभन्दा बढी पाठकसम्म पु¥याउन भर्खरै अनलाइन संस्करण पनि शुरु गरेको छ । आशा छ– छापा माध्यमले पाएभैmँ अनलाइन संस्करणले पनि पाठकबाट माया पाउने नै छ ।
संसारभरि छरिएर बसेका नेपालीहरुलाई लक्षित गरेर अनलाइन संस्करण शुरु गरिएको हो । सञ्चार प्रविधिको क्षेत्रमा आएको युगान्तकारी परिवर्तनलाई आत्मसात् गर्दै नागरिकहरुको सूचना पाउने अधिकारको रक्षा गर्नु हाम्रो उद्देश्य हो र यस उद्देश्यमा हामी सदैव अविचलित रहने छौँ ।
ब्लाष्टको २२ औं जन्मदिवसको अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता र शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै र नयाँ संविधान घोषणाको एक वर्ष पूरा हुन लागेको पूर्वसन्ध्यामा नेताहरुमा समावेशीताको सद्बुद्धि पलाओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ । साथै आगामी दिनमा ब्लाष्टलाई माया गर्नेहरुको सङ्ख्या अझ बढोस् र देशका बेथितिहरुविरुद्ध कठोरतापूर्वक जुध्न हाम्रा पाठकहरुको उत्पे्ररणा हाम्रा लागि मार्ग प्रशस्त गर्ने हतियार बन्ने छ भन्नेमा हामी विश्वस्त छौँ ।