14316903_1155632461168867_7031555699725621715_nइनरुवा /  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन सुनसरीको जिल्ला अधिवेशन गुटबन्दीका कारण विवादमा परेको छ ।

नेकपा एमाले सम्बद्ध भातृ संगठन अनेरास्ववियुको २० औं जिल्ला अधिवेशनमा बिद्यार्थीहरुको दुई खेमाको गुटबन्दीका कारण तिन दिन बित्ति सक्दासमेत अधिवेशन समपन्न हुन सकेको छैन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनकी केन्द्रिय अध्यक्ष नविना लामाको प्रमुख आथित्यमा शुक्रबारबाट सुरु भएको जिल्ला अधिबेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खेमाको भनिएका अध्यक्ष पदका उम्मेदवार जीवी गजल(खड्का) समुह र माधव नेपाल पक्षका उम्मेदवार इनरुवाका बसन्त सुवेदी समुहका बिद्यार्थी बिचको गुठबन्दीका कारण अधिवेशनको बन्द सत्र प्रक्रियामा जान नसकेको नेकपा एमाले सुनसरीका सचिव तथा अध्यक्ष मण्डलका संयोजक नन्द बस्नेतलले जानकारी दिए ।  बन्द सत्रको क्रममा गजल समुह र बसन्त सुवेदी पक्षधर बिच उत्पन्न बिवाद टुगिंन नसक्दा अधिवेशन लम्बिन गएको बस्नेतले बताए ।

बस्नेतका अनुसार जीवी गजल समुहका बिद्यार्थीहरुले बन्द सत्र कार्यक्रममा बिभिन्न नारावाजी गर्दै अवरोध गरेपछी अधिवेशन प्रक्रियामा जान नसकेको आरोप लगाएका छन् । समाचार तयार पारुनजेल सम्म अखिल नेपाल राष्टिूय स्वतन्त्र बिद्यार्थी युनियन सुनसरीको निर्वाचन प्रक्रिया सुरु हुन नसकेको निर्वाचन कमिटीले जनाएको छ ।

यता बन्दशत्र चलिरहेको वेला आइतवार दिउसो अनेरास्ववियू सुनसरीको निवर्तमान उपाध्यक्ष  जिवि गजल र सचिवालय सदस्य रमेश थापा माथि केहि अराजक समूहले साघातिक आक्रमण गरेको भन्दै उनीहरुले विज्ञप्ति जारी गरेका छन् ।

अधिवेशन असफल पार्ने योजनासहित सो घटना गराइएको उनीहअरुले बताएका छन् ।  मादक पदार्थ सेवन गरेका केहि ब्यक्तिहरुद्धारा कार्यक्रम स्थलमा भएको हातपात र गाली गलौज जस्ता कार्य विद्यार्थी आन्दोलनलाई नै वदनाम गर्ने अत्यन्त निकृष्ठ र निन्दनीय काम गर्नेलाई कडा कारवाही गर्न विज्ञप्तिमा माग गरिएको छ ।