धरान / मंगलवार राति झरेको पहिरोले चतरा–बराहाक्षेत्र सडक खण्ड अवरुद्ध भएको छ । सुनसरी र उदयपुर जोड्ने सप्तकोशीको नयाँ  पुलनजिकै झरेको पहिरोले सडक अवरुद्ध हुँदा हजारौं यात्रु प्रभावित भएका छन् । केही दिनदेखि जारी वर्षात्का कारण चतरा–बराहाक्षेत्र सडकको आधा दर्जन स्थानमा पहिरो झरेको स्थानीयवासीले बताएका छन् । पहिरो झरेको २४ घन्टा बितिसक्दा पनि स्थानीय प्रशासनले हटाउन कोशिस नगरेको गुनासो स्थानीयवासीले गरेका छन् । पहिरोले बराहाक्षेत्र मन्दिर जाने यात्रुलाई समस्या भएको छ । 14643186_10208644258918577_1521231810_n त्यसैगरी धनकुटा र भोजपुर जाने यात्रुलाई पनि समस्या भएको छ । पहिरोले बाटो अवरुद्ध गरे पछि टिका थाप्न आउजाउ गर्ने यात्रुलाई समस्या परेको स्थानिय राम राईले बताए । हाल सम्म पनि पहिरो नहटाईएको उनले बताए । यातायात व्यवसायी दिपक कार्कीले सरकारी निकायको वेवास्ताका कारण दर्शैको समयमा पनि सर्वसाधारणले सास्ती खेप्न परेको दुखेसो पोखेका छन् । उनले वैकल्पीक राजमार्ग मानिएको सडकको दुर्दशाका विषयमा राजनितिक दल र सरोकारवाला निकायले ध्यान नदिंदा हजारौंले सास्ती खेप्न परेको वताएका छन् । सो क्षेत्रमा चल्ने साना सवारी साधनका चालक कुमार भट्टराईले गाडी चलाउनै नसक्ने अवस्था आएको भएपनि सरकारी निकायले ध्यान नदिएकोमा आक्रोस व्यक्त गरे । उनले जिल्लाका दलका नेता र सरकारी अधिकारीलाई सडक हेर्न आउन अनुरोध गरेका छन् । जनताको लागि भनेर राजनिति गर्ने र सरकारी तलव खाने सरकारी अधिकारीले हजारौं जनताले खेपेको दुख र सास्ती हेरेर तत्काल सडक मर्मत थाल्नु पर्ने उनले  माग गरेका छन् । IMAG0205 IMAG0206 IMAG0207 IMAG0208 IMAG0209 IMAG0210 IMAG0211 IMAG0212 IMAG0216 IMAG0218