नौमती पञ्चैबाजा महोत्सव मङ्सिरमा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

नेपाल नौमती पञ्चैबाजा प्रतिष्ठान र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयुक्त आयोजनामा नाचघरमा हुने सो महोत्सव आगामी मङ्सिर १ र २ गते गर्ने तयारी भइरहेको प्रतिष्ठानका महासचिव डिबी नेपालीेले जानकारी दिए ।
सम्मेलनको पहिलो दिन उद्घाटनसँगै पाँचै विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी नौमती पञ्चैबाजाको सम्मेलन र दोस्रो दिन पञ्चैबाजाको इतिहास, संरक्षण र त्यसको आधुनिकीकरण लगायत पञ्चैबाजासम्बन्धी विभिन्न कार्यपत्रमाथि छलफल हुनेछ ।






























