भिरबाट लडेर दुईजनाको मृत्यु
बैतडी/खर काट्ने बेला भिरबाट लडेर बैतडीको गाँजरी र दशरथचन्द नगरपालिकामा गरी दुई महिलाको ज्यान गएको छ ।
बिहीबार त्रिशूलधारस्थित गोदाभिरमा खर काट्ने बेला लडेर गाजँरी–४ कोटिला बस्ने नरेन्द्र सिंह धामीकी ३७ वर्षीया श्रीमती राजमती धामी र बुधबार घरनजिकै रहेका छुट्के भिरमा खर काट्ने क्रममा लडेर दशरथचन्द नगरपालिका–६ सन्कट्टेका हरिनाथकी ३० वर्षीया श्रीमती देवुनाथको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए ।
खर काट्न भिरमा जानुपर्ने बाध्यता रहेका यहाँका स्थानीयवासीको लडेर अकालमै ज्यान जाने घटना बेलाबेलामा भइरहन्छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























