दुर्घटनामा युवतीको मृत्यु
इटहरी/सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका–५ झुम्काबजारमा आज बिहान पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना४ख ७३९४ नंको बसको ठक्करबाट साइकलयात्री १९ वर्षीया प्रतिमा चौधरीको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१५ एकम्वा निवासी प्रतिमा बसले ठक्करबाट गम्भीर रुपमा घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल इनरुवातिर लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।
ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























