चतरा /वराहक्षेत्र मन्दिर क्षेत्रमा बुधबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपाल (पिएसआरएन), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग र स्थानीयको आयोजनामा मधुमेह र रक्तचाप सम्बन्धी निशुल्क परीक्षण गरिएको हो । शिविरमा स्थानीय ९६ जनाको मधुमेह र रक्तचाप परीक्षण गरिएको थियो ।
परीक्षण गरिएका मध्ये ५ प्रतिशतमा व्यक्तिमा मधुमेह पहिचान गरिएको पिएसआरएनका अध्यक्ष बमबहादुर कुँवरले जानकारी दिए । निशुल्क स्वास्थ्य शिविरलाई धरानस्थित माङसेबुङ फार्मेसी र स्थानीय सुरेश श्रेष्ठले आर्थिक सहयोग प्रदान गरेको स्थानीय रञ्जित राईले जानकारी दिए ।