धरान/हिन्दुधर्मावलम्बीको दोश्रो ठूलो चाड तिहार अन्र्तगत आज गाईतिहार । घर घरमा लक्ष्मीको प्रतीक गाईलाई पुजा गरी मनाईँदै छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर(आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर(कोठा)चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ ।
गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । हिन्दू धर्ममा गाईलाई लक्ष्मीको प्रतीक मान्ने प्रचलन रहेको छ ।
गाईको पूजा गरेमा सबै देवदेवीको पूजा हुने विश्वास अनुरुप गाईलाई विभिन्न परिकार बनाई खुवाउने तथा विभिन्न रङ्गहरुले पूजा गर्ने गरिन्छ ।आज रक्षा बन्धनका दिन बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्ने गरिन्छ । यसो गर्नाले मृत्युपछि त्यही डोरो समाई बैतरणी नदी पार गरिन्छ भन्ने विश्वास रहेको छ ।