सहुलियतको चामल नपाउँदा डोल्पाली चिन्तामा
डोल्पा/तिहारमा सहुलियतको चामल नपाउँदा डोल्पाली चिन्तामा परेका छन् ।
संस्थानले तिहारका लागि पनि चामल उपलब्ध नगराएपछि डोल्पालीलाई खाद्यान्नको चटारोले चिन्तित बनाएको हो । उनीहरुले दसैँदेखि नै सहुलियतको चामल पाएका छैनन् ।
खाद्य संस्थान शाखा कार्यालयले ठेकेदारको लापरबाहीका कारण ढुवानीमा ढिलाई भएको बताउँदै चामल उपलब्ध नगराएपछि डोल्पाली महँगो मूल्य तिरेर स्थानीय बजारमा चामल किन्न बाध्य भएका छन् ।
बाँके, दाङ, सुर्खेतलगायत जिल्लाबाट खाद्यान्न उठाइ सकिएतापनि ढुवानीमा ढिलाइ भएकाले डिपोमा मौज्दात रहेको खाद्यान्नले प्रतिपरिवार एक महिनाका लागि खाद्यान्न उपलब्ध गराउन नसकिने भएपछि वितरण नगरेको शाखा प्रमुख हरिप्रसाद जोशीले बताए ।
चाडपर्वमा समेत सहुलितको चामल नपाइएपछि डोल्पालीलाई खाद्यान्नको चटारोले चिन्तित बनाएको त्रिपुराकोटका नरबहादुर कठायतले बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























