युवक मृत अवस्थामा
बुटवल/रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा आज एक व्यक्तिको शव फेला परेको छ ।
बुटवल उपमहानगरपालिका–५ गोलपार्कका ३५ वर्षीय वीरबहादुर गुरुङको आज बिहान मृत अवस्थामा बमाहा खोलामा शव फेला पारिएको प्रहरीले जनाएको छ ।
एकाबिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाका अनुसार शव केही भाग पानीमा डुबेको र केही भाग जमिनमा रहेको अवस्थामा फेला परेको थियो । मृतकको साथमा रहेको नेपाली नागरिकताका आधारमा उनको परिचय खुलेको थियो ।
मृतकको शवको प्रकृति हेर्दा शरीरका विभिन्न भागमा चोटपटक लागेको देखिएकाले कसैले कुटपिट गरी हत्या गरेर फालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान जारीरहेको प्रहरी निरीक्षक रानाले बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























