धरान/ अमेरीकाको जर्जिया राज्यमा भएको सडक दुर्घटनामा परि चार जना नेपालीको मृत्य भएको छ । एटलान्टा स्थित जेर्फसनमा अठार पाँङग्रे मालबाहक ट्रकसँग ठोक्किदा नेपालीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गुल्मी घर भई हाल अनामनगर बस्ने चिरन्जीवी खनाल, उनकी पत्नी श्यामा खनाल, बुहारी ऋचा खनाल र प्रतिमा सुवेदीको मृत्यु भएको हो । सुवेदी, खनालका कान्छा छोराकी प्रेमिका भएको बताइएको छ ।
कारमा ६ जना सवार थिए । दुर्घटनामा खनालका छोराद्वय समीर खनाल र सुवास खनाल भने घाइते भएका छन् । रातको नौ बजे खनाल परिवार सवार कार ‘२९६’नामक राजमार्ग बाट जर्जियाको उत्तरी दिशातर्फ गईरहेको थियो । राजमार्ग‘८८’मा मालबाहक ट्रकसँग कार ठोक्किएको अमेरीकी अधिकारीहरुले् बताएका छन् ।