श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३६ कार्तिक २५ गते बिहिबार १० नोभेम्वर २०१६ सौम्यनाम संम्वत्सर दक्षिणायनं
शरद ऋतु कार्तिक शुल्कपक्षको एकादशी तिथि २८।३० गतेसम्म उप्रान्त द्वादशी नक्षत्र पूर्वभाद्रपदा २३।१३ बजेसम्म उप्रान्त उत्तराभाद्रपदा चन्द्रमाराशी कुम्भ सूर्योदय ६।२२ सूर्यास्त ५।१२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):समय मध्यम खालको छ । पठनपाठन तथा लेखन कार्यमा रुची भएतापनि समयले साथ नदेला । घाउचोटपटक तथा दुर्घटनाको भय होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय उत्तम खालको छ । राजनीतिक निकायमा तपाईकोे विशेष स्थान रहला, समाजका गन्यमन्य तथा प्रतिष्ठित व्यक्तिहरुसित भेटघाट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): जग्गा जमिन तथा भवन सम्बन्धि महत्वपूर्ण काम हुनेछ । साथीभाइ तथा इष्टमित्रहरुबाट उचित सहयोग र साथ जुट्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :कृषि तथा तत्तजन्य कार्य व्यवसायमा प्रशस्त लाभ मिल्ला । नयाँ कामको शुभारम्भ हुनेछ, धार्मिक यात्राको लागि उपयुक्त समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):समय सामान्य खालको छ । गरिराखेको कार्य व्यवसायबाट मन अघाउन सक्छ, साथीभाइ, इष्टमित्रहरुबाट धोका हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):समय उत्तम खालको छ । धातु तथा तत्जन्यकार्य व्यवसाय राम्ररी फस्टाउला । घरमा कुनै धार्मिक कार्यक्रमको आयोजना होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):समय उत्तम खालको छ । जग्गा जमिन तथा भवन सम्बन्धी महत्वपूर्ण काम हुनेछ । साथीभाइको सहयोग राम्रै प्राप्त होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):समय सामान्य खालको छ । कार्य व्यवसायमा बाधा व्यवधान आइपर्न सक्छ । नयाँ कार्यको शुभारम्भ नगर्दा नै उत्तम हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):पठन पाठनमा रुची भएतापनि वातावरणले खासै साथ नदेला । अनावश्यक काममा फसिएला, शरीर आलस्य बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):समय राम्रो छ । धार्मिक कार्यक्रममा संलग्न भइएला, समाजका गन्यमन्य तथा प्रतिष्ठित व्यक्तिहरुसित रमाइलोे भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय मध्यम खालको छ । पेटसम्बन्धी समस्या आइपर्न सक्छ, खानपिनमा विशेष सावधानी अपनाउनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय उत्तम खालको छ । नयाँ कामको शुभारम्भ होला । साथीभाइ तथा इष्टमित्रहरुबाट विशेष सहयोग र समर्थन प्राप्त हुनेछ ।