dengueधरान /धरानमा पनि डेङगु फेला परेको छ । धरान –१६ कि १३ बर्षिय बालिका जिना राईलाई डेङगुको संक्रमण फेला परेको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बालरोग बिषेशज्ञ डा.अरुणकुमार सिंहले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारी अनुसार गत साउन यता मात्रै देशभरी ५ सय ८५ जना डेङगुबाट ग्रसित भएका छन् । पुर्वी नेपालमा पनि डेङगुको संक्रमण बढ्दै जान थालेको छ ।

लामखुट्टेको टोकाइबाट हुने डेङगुको संक्रमण धरानमा पहिलो पटक भेटिएको हो । डेङगु संक्रमित राईको प्रतिष्ठानको पीआइसीयुमा उपचार भइरहेको डा सिंहले जानकारी दिए ।