पाकिस्तान विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ९५ जना घाइते
क्वेटा (पाकिस्तान)/दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको स्थानीय अधिकारीले बताएका छन् ।
वोलिचिस्तान प्रान्तमा भएको विस्पोटमा ९५ जनाभन्दा बढी घाइते भएका बताइएको छ ।
सधै उक्त स्थानमा भेला भई धमाल नाच गरिने हुँदा उल्लेख्य सङ्ख्यामा स्थानीय उक्तमठमा भेला हुने गर्छन् तर शनिबार अन्य दिनभन्दा धेरै मानिस जम्मा भएका प्रहरीले बताएको छ ।
बोलीचिस्तानका गृहमन्त्री सनुल्लाह जेहरीले घटनामा प्राय महिला र बालबालिकाको मृत्यु भएको र ठूलो सङ्ख्यामा मानिसहरु घाइते भएका बताए ।
घटनास्थलमा सेना र प्रहरी पुगिसकेको र घटनाबारे बिस्तृतमा अनुसन्धानपछि मात्र भन्न सकिने उनको भनाइ थियो ।
उक्त मठमा भएको आक्रमणको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिइसकेको छैन । रासस/सिन्ह्वा
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























