उर्लाबारी/ सरकारले उपचार खर्चबापत काङ्ग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख दिएकोमा सर्वसाधारणले विरोध जनाइरहेका छन् । आपै सम्पन्न र सक्षम देशका विशिष्ट व्यक्तिहरुले देशको ढुकुटी रित्याउने काम गरेको भन्दै बुधबार उर्लाबारीमा विरोध ¥याली निकालिएको छ ।
स्थानीय चिउरा मिलबाट शुरु भएको ¥याली वरगाछी हुँदै उर्लाबारी चोकमा आइपुगेर कोणसभामा परिणत भएको थियो । युवा सङ्घ नेपाल ४ नम्बर वडा कमिटीको आयोजनामा निस्किएको ¥यालीमा राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, समाजसेवीलगायत सर्वसाधारण उपस्थित थिए ।कोणसभामा बोल्ने अधिकांशले देश नाजुक अवस्थाबाट गुज्रिरहेको बेला सरकारले उपचार खर्चबापत ५० लाख दिएकोमा विरोध जनाएका थिए ।
भूकम्पपीडितहरु अभैm पनि बालबच्चासहित चिसोमा पालमुनि रात काट्न बाध्य रहेकोतर्पm सरकारको ध्यान नगएको भन्दै उनीहरुले आक्रोश पोखेका थिए । भूकम्पपीडितलाई राहत दिन नसक्ने सरकारले आपैmँमा सक्षम देशका विशिष्ट व्यक्तिलाई रकम दिएर राज्य ढुकुटीको दुरुपयोग गरेको भन्दै त्यसको विरोधस्वरुप ¥याली निकालिएको एमालेका अगुवा कार्यकर्ता निरज तिम्सिनाले बताए । देशमा वर्षेनी बढिरहेको कुपोषण नियन्त्रण गर्न सरकारको ध्यान जानुपर्ने धारणा वडा अध्यक्ष योगेश बस्नेतले राखे ।