ssss

धरान/ फेन्दे हिमालयन सोरिग औषधालयले बुधबार दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसर पारेर उसले तीनदिने निःशुल्क सोरिग उपचार शिविर सञ्चालन गरेको छ ।धरान–५ महेन्द्रपथस्थित औषधालयमै शिविर सञ्चालन गरिएको हो । शिविरमा पूर्वका विभिन्न जिल्लाबाट बिरामीहरु आएका थिए ।

औषधालय तथा सोवारिपा इन्टरनेशनल कलेजका संस्थापक प्रमुख डा. तेन्जिङ धार्के गुरुङ, लामा राजेन्द्र स्याङ्बोलगायतले शिविरमा उपचार सेवा प्रदान गरिरहेका छन् । सोरिग उपचार पद्धति पुरानो उपचार पद्धतिमा पर्दछ । भगवान् गौतम बुद्धले यो उपचार पद्धति अपनाएको लामा स्याङ्बोले बताए । यस पद्धतिमा तीन हजार मिटरभन्दा माथिका हिमाली जडीबुटीहरुको प्रयोग गरिन्छ । यसअघि धरान–१५ स्थित ङागुर ङ्युङ्ने लाखाङ छ्योलिङ गुम्बा परिसरमा उपचार गरिँदै आएको थियो ।हालसम्म २० हजारभन्दा बढीलाई सोरिग उपचार गराइसकेको लामा स्याङ्बोले जनाए । यसमा चार प्रकारले उपचार गरिन्छ ।

सोरिग पद्धतिबाट ठीक भएकी तारा राईले आपूm सोरिग उपचारले अहिलेको अवस्थामा आउन सकेको बताएकी थिइन् । सअघि लाखौँको एलोपेथी औषधि सेवन गरे पनि ठीक नभएपछि अन्तिममा सोरिग पद्धति अपनाएर आपूm स्वस्थ्य बनेको उनले बताइन् ।डा. गुरुङले गाउँगाउँमा सोरिग डाक्टरहरु पैmलाउन अहिले कलेजको स्थापनामा लागिरहेको र सबैले विद्यार्थीहरु दिएर सहयोग गर्न आग्रह गरे । कार्यक्रममा धरान उपमहानगरपालिकाका निमित्त कार्यकारी गणेशप्रसाद खतिवडाले आपूmले यो उपचार पद्धतिबारे सुनेको मात्रै बताउँदै आपूm पनि उपचारका लागि आउने बताए ।

यसैबीच सोरिग पद्धतिलाई जनतामाझ पु¥याउन उच्च योगदान पु¥याएको भन्दै पाँचजनालाई प्रशंसापत्र प्रदान गरिएको छ ।कृति टिभीकी प्रबन्ध निर्देशक गङ्गा पलिखे, कार्यक्रम निर्देशक मोहन श्रेष्ठ, ललित राई, ब्लाष्टकर्मी भोजराज श्रेष्ठ र छ्योलिङ गुम्बाका संस्थापक अध्यक्ष लोकबहादुर थिङलाई प्रशंसापत्र प्रदान गरिएको हो ।