गोली हानी पत्रकारको हत्या
किन्सासा (कङ्गो)/कङ्गोका एक सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि सोमबार गोली हानी हत्या गरिएको यहाँको नेसनल प्रेस युनियनले बुधबार जनाएको छ ।
कङ्गोली राष्ट्रिय रेडियो तथा टेलिभिजनका पत्रकार मार्सेल लुवालालाई सोमबार राति सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको बताउँदै युनियनका प्रमुख जोसेफ वाडकार्ड कासोङ्गा सिलुङ्डेले घटनाको घोर निन्दा गरे ।
उनले प्रहरीले रात्रिकालीन गस्ती गरिरहेका बेला पत्रकारको हत्या हुनुले आफू चिन्तित भएको सिलुङ्गेले बताए ।
बुझीमाई सहरमा भएको उक्त घटना सहरमा कफ्र्यु लगाइएका बेला भएको थियो । पूर्वी कसाई प्रान्तका गभर्नरको निकट स्रोत अनुसार घटनामा प्रहरीको संलग्नता रहेको हुनसक्ने भन्दै घटनाको निष्पक्ष छानबिनका लागि युनियनले आग्रह गरेको छ । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























