नोमपेन (कम्वोडिया)/क्रिश्चियनहरूको संस्थाद्वारा चलाएको विद्यालयमा खानापछि खाने मिष्ठान्न खाँदा कम्बोडियामा करिव १३९ जना बालबालिका विरामी भएका छन् । combodia school ओडडर मेन्ची क्षेत्रमा पर्ने ट्रपिङ्गमा रहेको विद्यालयमा बुधबार साँझ खानापछि खाएको मिष्ठान्न प्रदुषीत भएकाले बालबालिकाहरु विरामी भएको स्थानीय प्रहरीले बिहीबार जनाएको छ । “उनीहरुले खानापछिको मिष्ठान्न खाएको केही घण्टामै बेहोस हुने र बान्ता गर्ने गरेका थिए,” एक प्रहरी अधिकारीले भने । विरामी भएका विद्यार्थीहरु ४ देखि १४ बर्ष सम्मका रहेका उनले जानकारी दिए । विरामी भएका विद्यार्थीहरुलाई अस्पताल पठाइएको र उनीहरुको खाना परिक्षण गरिएको छ । विरामी मध्ये अधिकांश बालबालिकाहरुको अवस्था अहिले स्थिर छ । उनीहरु मध्ये केहीको अवस्था सुधार भइसकेको छ भने कोही बिहीबार अस्पतालबाट घर गइसकेका छन् । सो विद्यालयले केही बर्षदेखि गरिब परिवारका बालबालिकाहरुलाई निःशुल्क अध्ययन र खानाको व्यवस्था गर्दै आइरहेको थियो । रासस÷सिन्ह्वा