काठमाडौंको तिनकुनेमा दुर्घटना, नेपाली सेनाको मृत्यु
काठमाडौं/काठमाडौंको तीनकुनेमा शुक्रबार बिहान दुई सवारीबीच ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत हरिगोपाल श्रेष्ठ रहेको बताइएको छ । गौसालाबाट नयाँ बानेश्वर तर्फ जाँदै गरेको मोटरसाइकल का ३ ख २०५६ नम्बरको यात्रुबाहक बसमा ठोक्किएको थियो ।
नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको जनाइएको छ । श्रेष्ठ नेपाली सेनाको चन्दननाथ गणमा कार्यरत थिए । उनको टाउको र छातिमा गम्भिर चोट लागेको थियो । दुर्घटनास्थलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























