श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३७ मंसिर ४ गते शनिबार १९ नोभेम्वर २०१६ सौम्यनाम संम्वत्सर दक्षिणायनं हेमन्तऋतु मार्गशीर्ष कृष्णपक्षको प“चमी तिथी ९।३३ बजे सम्म उप्रान्त षष्ठी उप्रान्त षष्ठी नक्षत्र पुनर्वशु १०।४० बजे सम्म उप्रान्त तिष्य चन्द्रराशी कर्कट सुर्योदय ६।२९ सूर्यास्त ५।८ बजे हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ): समय सामान्य खालको । मेसिनरी वस्तुको प्रयोगमा विशेष सावधानी अपनाउनु होला । पैतृक सम्पत्तिमा विवाद पर्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कृषि तथा भूमिबाहन सम्बन्धि काममा विशेष लाभ मिल्ला । साथीभाई तथा आफन्तहरुबाट सोचेभन्दा बढी सहयोग मिल्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय उत्तम खालको छ । मायाप्रेमको समबन्ध बिस्तार होला । घरमा कुनै मंगलिक कार्यक्रमको आयोजना बन्ला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :समय राम्रो छ । कार्यक्षेत्रमा देखिएका बाधा व्यवस्थापन हटाएर जालान् । वैदेशिक यात्राको लागि भने खासै राम्रो समय छैन । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):पठन पाठन तथा लेखन कार्यमा मन जाला । लामो दुरीको यात्राको अवसर मिल्ला । बिछोडिएका साथीभाईहरु सित भेटघाट होला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):समय उत्तम खालको छ । आर्थिक संकटको सामना गर्नुपर्ला । व्यर्थमा फँसिएला । मन चिन्तित रहला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)घरायसी काममा रुचि बढ्नेछ । काममा विभिन्न अवसरहरु प्राप्त होलान् । वैदेशिक यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):समय उत्तम खालको छ । प्रयासहरु सकारात्मक रहनेछन् । पारिवारीक भेटघाटले मन प्रफूलित हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समय सामान्य खालको छ । पराक्रम बढ्नुका साथै कार्यक्षेत्रमा पूर्ण सफलता मिल्ला । अनावश्यक कामको झण्झटबाट मुक्त भइएला ।