चतरा/आगामी बाला चतुर्दशीको पावन अवसरमा वराहक्षेत्रमा पितृ उद्धार तथा आत्मकल्याणको कामना गर्दै विभिन्न धार्मिक कार्यक्रम आयोजना हुने भएको छ ।

baraha

वराहक्षेत्रका युवा पण्डित योगेश भण्डारीले वराह भगवान्को प्रत्यक्ष निगरानीमा सम्पूर्ण पितृहरूको उद्धार तथा आत्मकल्याणको कामनाका लागि मङ्सिर १२ र १३ गते वराह मन्दिरमा कार्यक्रम आयोजना हुने जनाए । वराहक्षेत्र संरक्षण मञ्चको आयोजनामा हुने कार्यक्रममा १२ गते साँझ ५ बजे पितृ उद्धारको कामना गरी वराह मन्दिरमा सामूहिक महाआरती प्रज्ज्वलन, ६ बजेदेखि भक्तजनहरूद्वारा पितृ उद्धारको कामना गरी वराह मन्दिर प्राङ्गणमा सामूहिक शृङ्गार आरती, ८ बजेदेखि ९ बजेसम्म वराहक्षेत्र र बालाचतुर्दशीका बारेमा प्रवचन, ९ बजेदेखि राति १ बजेसम्म राष्ट्रिय गायकहरूद्वारा भजन सन्ध्या र १३ गते बिहान ५ बजेसम्म वराहक्षेत्रका बारेमा विभिन्न जानकारी गराइने युवापण्डित भण्डारीले जनाए ।

भक्तजनहरूको सुविधाका लागि महाआरती र शृङ्गार आरतीका लागि चाहिने बत्ती, तेल, पान आदिको व्यवस्था मञ्चकै तर्पmबाट उपलब्ध गराइने मञ्चका उपाध्यक्ष भीषण राईले बताए । आरतीका लागि श्रद्धालु भक्तहरूले सामग्रीहरू घरबाट पनि आपैmँले ल्याउन सक्ने उपाध्यक्ष राईले भने । बाला चतुर्दशीका दिन श्रद्धालु भक्तहरू आ–आफ्ना पितृको नाममा मन्दिरहरूमा गएर सद्बीज छर्ने गरेको मञ्चका सचिव राजु घिमिरेले बताए । कतिपय भक्तहरू एक दिनअगाडि नै कुनै तीर्थमा गएर आफ्ना पितृको नाममा बत्ती बालेर भजनकीर्तन गर्दै बस्ने गरेको छ ।