दुर्घटनामा परी एक महिलाको मृत्यु
कपिलवस्तु/तौलिहवा जितपुर सडकखण्डको जहदी चौकमा स्कुटर दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लु २९ प ५७ नम्बरको स्कुटी चालक प्यूठान जिल्ला खलङ्गा–२ की २८ वर्षीय शान्ति रोक्कामगर रहेको प्रहरीले जनाएको छ ।
अत्याधिक गतिका कारण जहदीचोक नजिकैको मोडमा स्कुटी अनियन्त्रित भई दुर्घटना भएको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























