बलात्कार आरोपमा उजुरी
खोटाङ/एक किशोरीलाई बलात्कार गरेको आरोपमा खोटाङ दोर्पाचिउरीडाँडा–४ स्थित लामीडाँडा निवासी नेपाली काङ्ग्रेसका स्थानीय प्रतिनिधि ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध उजुरी परेको छ ।
गोठमा राति एक्लै सुतिरहेकी एक १८ वर्षीया किशोरीलाई कात्तिक २९ गते बेलुका खुकुरी देखाएर मुख थुनी खत्रीले जबर्जस्ती बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । उनी सोही दिनदेखि फरार रहेको पीडितपक्षका परिवारले बताएका छन् ।
पीडितले दिएको उजुरीको आधारमा पीडक खत्रीलाई खोज्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । बलात्कृत किशोरीलाई मङ्सिर ६ गते बेलुका जिल्ला अस्पतालमा ल्याएर उपचार गरिएको छ । उनकोे अवस्था सुधार हुँदै गएकाले आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























