भिरबाट लडेर महिलाको मृत्यु
बैतडी/घाँस काट्ने क्रममा भिरबाट लडेर आज दार्चुलामा एक महिलाको मृत्यु गएको छ ।
मृत्यु हुनेमा सितोला–२ तल्लागाँउका शङ्करसिंह बोहराकी २४ वर्षीया श्रीमती कमला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।
घर नजिकै रहेको परौजाड भिरमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमै ज्यान गएको हो । यसअघि मङ्सिर ३ गतेपनि दार्चुलाको इयरकोट–६ की ४६ वर्षीया गीता डडालको स्थानीय सुगरखाल भिरमा खर काट्ने क्रममा लडेर मृत्यु भएको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























