हराएका राई मृत फेला
उर्लाबारी (मोरङ)/मोरङको बयरबन–९ बस्ने २२ वर्षीय गणेश राई बुधबार साँझ मृत अवस्थामा भेटिएका छन् ।
मङ्गलबार बेलुका घरबाट हिँडेका राई नफर्किएपछि खोजी गर्ने क्रममा बुधबार साँझ बयरबनस्थित फलैँचा चोकमा उनी मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























