घाँसले लियो ज्यान
सुरुङ्गा (झापा)/घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाईते हुनुभएका झापा कनकाई नगरपालिका–२ का ५० वर्षीय श्याम राईको आज मृत्यु भएको छ ।
स्थानीय सुकेडाँगी सामुदायिक वनमा घास काट्न गएका राई गत मङ्सिर ५ गते घाँस काट्ने क्रममा साजको रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।
घाइते राईको बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























