वीरगन्ज / वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको आज तेस्रो दिन पूर्व प्रधानमन्त्री झलनाथ खनाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
पतञ्जलि योगपिठ नेपालद्वारा आयोजना गरिएको योग शिविरको उद्घाटन गर्दै नेता खनालले योग साधनाको माध्यमले व्यक्तिलाई निरोगी र राष्ट्र प्रेमको भावना जगाउँदै हिँडेका स्वामी रामदेवलाई धन्यवाद व्यक्त गरे । उनले मानवताको विकासका लागि सकारात्मक सोच आवश्यक रहेको बताए ।
शिविरका सहभागिलाई योग प्रशिक्षण दिँदै योग गुरु स्वामी रामदेवले नेपाल प्रकृतिक स्रोतको धनी भए पनि अव्यवस्थाका कारण नेपालीले विकास गर्न नसकेको धारणा राखे । बिहान ५ बजे सुरु भएको योग शिविरमा आज आठ हजार भन्दा बढी सर्वसाधारणको सहभागिता रहेको आयोजक शिविर मूलआयोजक समितिका सह–संयोजक विजय सरावगीले जानकारी दिए । रासस