राजविराज / नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)ले सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा शनिबार योगगुरु रामदेवको समाचार सङ्कलनमा गएका पत्रकारमाथि सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले दुब्र्यवहार गरेको भन्दै घोर भत्र्सना तथा विरोध गरेको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष विकासकुमार तिवारीले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा नेपालमा लोकतन्त्रिक गणतन्त्र र सङ्घीयताको स्थापनामा मधेसमा बस्ने पत्रकारले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दे सप्तरीका पत्रकारमाथि प्रहरी उपरीक्षक लोहनीे स्वयम्ले गरेको दुब्र्यवहारप्रति खेद प्रकट गर्दै तत्काल उनको सरुवाको माग गरिएको छ ।
दुव्यवहार गर्ने प्रहरी अधिकारीलाई कारबाही माग
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























