पोखरीमा ट्रयाक्टर पल्टिदा चालक र सहचालकको मृत्यु
लहान/सिरहाको सीतापुर–२ मा रहेको पोखरीमा आज बिहान ट्रयाक्टर पल्टिदा ट्रयाक्टरका चालक र सहचालकको मृत्यु भएको छ ।
बालुवा पु¥याएर फर्किने क्रममा स १ त १३७२ नंको ट्रयाक्टर सडक छेउमा रहेको पोखरीमा अचानक पल्टिदा चेपिएर ट्रयाक्टर चालक लहान नगरपालिका–२२ निवासी अन्दाजी ३२ वर्षीय प्रमोद यादव र सहचालक सोही ठाउँका अरविन्द महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
ट्रयाक्टरले किचेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको र मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमास्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























