विजयपुर/रोट्याक्ट क्लब अफ धरान घोपाको आयोजनामा सुनसरीका बिभिन्न गाबिसलााई लक्षित गरि नेपालकै ठुलो स्वास्थ्य शिबिर आयोजना गर्न लागिएको छ । रोट्याक्ट क्लब अफ धरान घोपाले बिहिबार पत्रकार सम्मेलन गरि सुनसरीको मध्यहर्षाहीमा रहेका स्वास्थ्य चौकीलाई केन्द्र मानेर छ वटा गाबिसका सर्बसाधरणको निशुल्क स्वास्थ्य परिक्षण गरिने जानकारी दिएको हो ।
स्वास्थ्य शिबिरमा बिरामी जाँच,निशुल्क औषधि बिरतण,इसीजी,भिडियो एक्सरे,दाँत माझ्ने तथा हात धुने तरीका बारे जानकारी,रक्तदान,समुदायमा आधारीत स्वस्थ्य शिक्षा तथा आँखाको दृष्टि परिक्षण लागायतका कार्यक्रम हुने रोट्याक्ट क्लब अफ धरान घोपाका कार्यक्रम संयोजक मयङक मिश्रले जानकारी दिए ।गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट बञ्चि ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर प्रत्येक बर्ष कार्यक्रम आयोजना गरिदै आएको रोट्याक्ट क्लब अफ धरान घोपाका अध्यक्ष बिनोद मेहेताले जानकारी दिए ।
उनका अनुसार गत बर्ष धनकुटाको जितपुरमा १८ सय बिरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।दिघार्यु स्वास्थ्य सेवा प्रोजेक्ट मार्फत शिबिर सञ्चालन हुन लागेको क्लबका सचिब बिबेक केशरीले जानकारी दिए ।शिबिरमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बिशेषज्ञ चिकित्सकहरुद्धारा शिबिरमा स्वास्थ्य सेवा प्रदान गरिने उनले जनाए ।
शिबिरलाई कोशिष फाउण्डेशन,नेपाल औषधी तथा बिक्री प्रतिनिधि सघं,मध्यहर्षाही गाबिस र प्रतिष्ठानकै ब्लड डोनेशन कमिटीको सहयोग रहेको छ । कार्यक्रम रोट्याक्ट क्लब अफ धरान घोपा, रोटरी क्लब अफ धरान घोपा र वीपी कोेइराला स्वाथ्य बिज्ञान प्रतिष्ठानको सामुदायीक स्वास्थ्य सेवा केन्द्रको सयुक्त आयोजनामा हुदै छ ।