mandapतरहरा/शहरी क्षेत्रमा बढ्दो जनसङ्ख्याको चापसँगै आँगन अभाव हँुदा विवाह तथा घरायसी अन्य कार्यक्रम गर्न समस्या हुन थालेको छ । पछिल्लो समयमा थोरै जग्गामा घर बनाउने परम्पराले पनि शहरी क्षेत्रका बासिन्दालाई आँगन अभाव हुन थालेको छ ।

थोरै जग्गामा घर बनाएर बस्दा स्थानको समस्या हुने गरेको सर्वसाधारण बताउँछन् । आँगन अभावसँगै पार्टी प्यालेसहरुको व्यापार भने बढ्न थालेको छ । शहरी क्षेत्रमा आँगन अभावकै कारण समस्या हुन थालेको इटहरी–२५ का श्यामन कार्कीले बताए ।

त्यस्तै तरहराकै भक्त पुरीले पनि शहरी क्षेत्रमा आँगन नहुँदा विवाहलगायतका ठूला पर्व मनाउन समस्या हुन थालेको बताए ।