bpविजयपुर/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको ‘डिजेल घोटला’ का विषयमा स्थानीय राजनैतिक दलहरुले चासो दिएका छन् । समाचारमा सार्वजनिक भएको विषयले प्रतिष्ठानभित्र कसरी भ्रष्टाचार हुन्छ भन्ने स्पष्ट भएको भन्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धरानका इन्चार्ज अइन्द्रविक्रम बेघाले यस विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गरिने बताए ।

‘यो सामाजिक अपराध पनि हो । जोजो संलग्न भए पनि कारवाही हुनुपर्छ’, उनले भने, ‘यसका लागि हामी दवाब दिन्छौँ ।’ नेकपा (एमाले) का धरान अध्यक्ष तारा सुब्बाले भने यथार्थ नबुझी यसबारे केही भन्न नसकिने प्रतिक्रिया दिए । ‘छानबिन गर्दा जो दोषी भेटिन्छ, उसलाई कारवाही हुनुपर्छ’, उनले भने, ‘छानबिन र अनुगमन नगरी हतारमा प्रतिक्रिया दिने विषय यो हैन ।

हामी पहिले यथार्थ बुभ्mछौँ, बुभ्mने क्रममा छौँ ।’ काङ्ग्रेसका धरान उपमहानगर सचिव श्याम पोखरेलले पनि पत्रपत्रिकामा आएका समाचारबाहेक थप जानकारी लिन नपाएको बताए । पार्टीका कामले व्यस्त भएकाले यो विषयमा बुभ्mने चरणमै रहेको उनले बताए । पोखरेलले भने, ‘यो अनुसन्धानको विषय भएकाले नियामक निकायले तत्काल छानबिन गर्नुपर्छ ।’

सङ्घीय समाजवादी फोरमका सुनसरी उपाध्यक्ष तथा धरान इन्चार्ज पारस काङमाङ राईले यो विषय गम्भीर भएकाले तत्काल छानबिन गरेर घोटालामा संलग्नहरुलाई कारवाही गर्नुपर्ने बताए । प्रतिष्ठान सबैको साझा सम्पत्ति भएकाले प्रतिष्ठानलाई आर्थिक रुपमा धराशायी बनाउनेहरुलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ । प्रतिष्ठानमा लोडसेडिङ नभएको बेला पनि जेनेरेटर चलाएको देखाएर वार्षिक २ करोडभन्दा बढी हिनामिना हुने गरेको समाचार यसअघि नै ब्लाष्टमा प्रकाशित भएको थियो ।