सिरियाली विद्रोहीको आक्रमणमा रसियाली नर्सको मृत्यु, दुई चिकित्सक घाइते
बेरुत (लेबनान)/सिरियाली प्राचीन सहर अलेप्पोमा काम गर्दे आएकी एक रसियाली नर्सको सोमबार विद्रोहीको आक्रमणमा परी निधन भएको रसियाली अधिकारीले जनाएका छन् ।
घटनामा दुई रसियाली चिकित्सक घाइते भएको जनाइएको छ ।
सरकार नियन्त्रित पश्चिमी अलेप्पोमा अस्थायी अस्पताल खडा गरी चिकित्सा सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मीमाथि लक्षित गरी आक्रमण हुँदा यहाँका सिरियाली सर्वसाधारणलाई स्वास्थ्य सेवासमेत लिन सङ्कट पर्ने अवस्था आएको रसियाले बताएको छ ।
‘फिल्ड हस्पिटल’ स्थापना गरी सेवा पु¥याउँदै आएका नर्स तथा चिकित्सकलाई विद्रोहीले आक्रमणको निशाना बनाउनु गलत भएको भन्दै यसप्रति रसियाले चासो व्यक्त गरेको छ । रासस÷एपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























