kutpitराजविराज /  तराई मधेश लोकतान्त्रिक पार्टीका सप्तरी जिल्ला अध्यक्ष रामपृत यादवले घरायसी विवादका कारण आफनै वुहारीलाई कुटपिट गरी घाईते बनाएको खुलासा भएको छ । कुटपिटबाट घाईते भएकी २५ वर्षीय वुहारी रोमिताकुमारी यादवलाई उपचारार्थ राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याईएपछि यस्तो खुलासा भएको हो । ‘आफुलाई योभन्दा पहिले पनि दुई पटक कुटपिट गरेको हो’ वुहारी रोमिताले भनेर–‘आफु माथि तेश्रो पटक कुटपिट हुदाँ सहन नसकेर न्यायका लागि सञ्चारकर्मीलाई बताउन बाध्य भएको हो ।’ उनले आफनो श्रीमान् संतोश आफुसँग भएको वेला त ठिकै थियो । तर, श्रीमान मलेसिया गएको दुई वर्ष नवित्दै सिम्राहा सिंग्यौन(२ बस्ने ससुरा रामपृत र देवर श्रवणकुमार मिलेर आफुलाई पटक पटक कुटपिटका साथै मानसिक यातना दिने गरेको दुखेसो व्यक्त गरिन् । एक छोरीकी आमा समेत रहेकी रोमिताका अनुसार तेश्रो पटक गत मङ्गलवार ससुरा र देवर मिलेर कुटपिट गरेको हो । पिडितसँगे रहेको उनको भाई राजविराज ९ का नरेश यादवले जिल्लाकै नेतृत्व गर्ने जिम्मेवार व्यक्तिबाटै महिला हिंसालाई समेत ख्याल नगरी दिदीमाथि पटक पटक कुटपिट भएको प्रति आक्रोस व्यक्त गरे । उनले घटनाबारे प्रहरीमा पनि जानकारी गराईसेको भन्दै दिदीलाई न्याय दिलाउनमा पहल गरिदिनुहुन् सञ्चारकर्मीहरुलाई आग्रह समेत छन् । यता, अध्यक्ष यादवले आफु वुहारीलाई कुटपिट नगरेको तथा छोरा श्रवणसँग नोकझोक भईरहदाँ छुट्याउने क्रममा लडेर वुहारीको टाउकोमा चोट लागेको दावी गरे ।