तरहरा(सुनसरी)/ इलाका प्रहरी कार्यालयछेउमै मदिरा व्यापारीमाथि भएको साङ्घातिक आक्रमणका अभियुक्त एक महिना बित्दासमेत पक्राउ परेका छैनन् । गत कात्तिक १५ गते गोरु तिहारको दिन करीब ३ लाख नगद लुटपाट तथा व्यापारीमाथि आक्रमण गर्ने अभियुक्त अहिलेसम्म पक्राउ पर्न नसकेको भन्दै पीडित व्यापारीले न्याय नपाएको गुनासो गरेका छन् ।
आपूmमाथि भएको साङ्घातिक आक्रमणको घटनामा प्रहरी अनुन्सधान फितलो भएको इलाकासँगै जोडिएको दाहाल कोल्ड सेन्टरका सञ्चालक केदार दाहालले गुनासो गरे । उनले भने, ‘प्रहरीले जहिल्यै पनि पीडितको व्यापक खोजी भएको र छिट्टै पक्राउ पर्छ मात्र भन्छ तर अहिलेसम्म पक्राउ गर्न सकेन ।’ आप्mनो टाउकोमा करीब दर्जन टाँका लागेको सुनाउँदै उनले आप्mनो पूँजीसमेत लगिदिएपछि व्यापारमा समेत समस्या भएको सुनाए । दोषी जो भए पनि कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ । आक्रमणकारीको हुलिया प्रहरीलाई दिए पनि अहिलेसम्म पक्राउ नगर्नु दुःखको कुरा भएको दाहालको दुखेसो छ ।
इटहरी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेस विष्टले प्रहरीले ढिलासुस्ती गरेको आरोप लगाए । ‘हामीले प्रहरीलाई बारम्बार दवाब दिइरहेका छौँ तर अहिलेसम्म अपराधी पक्राउ परेन ।’ उनले भने । सङ्घकै उपाध्यक्ष भूपेन्द्र बरालले पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेकोमा आपत्ति जनाए । इटहरी मदिरा व्यवसायी सङ्घका अध्यक्ष गोपाल चापागाईंले प्रहरीको आँगनबाटै भएको घटनाका दोषीलाई पक्राउ गर्न नसक्नु प्रहरीको कमजोरी भएको बताए । व्यवसायीहरु असुरक्षित भएको भन्दै उनले दोषीलाई पक्राउ गर्न नसक्नु प्रहरीको गैरजिम्मेवारी भएको आरोप लगाए । इटहरीमा घुमुवा प्रहरीले समेत राम्रो काम नगरेको व्यवसायीहरुको आरोप छ ।
इलाका प्रहरी कार्यालयका डीएसपी नरेशराज सुवेदीले भने आक्रमणकारीको खोजी भइरहेको बताए । ‘उक्त घटनाका दोषीबारे सूचना दिनेलाई १५ हजार पुरस्कारसमेत राखेका छौँ’, उनले भने, ‘तर अहिलेसम्म पक्राउ गर्न सकिएको छैन ।’ दोषी पत्ता लगाउन केही समस्या भएको बताउँदै डीएसपी सुवेदीले सूचना दिनेलाई ससम्मान १५ हजार दिने पनि बताए ।