दिक्तेल नगरपालिका–१० र मात्तिम जोड्ने ३० मिटर लम्बाइ भएको पुल बुधबार एक कार्यक्रमको आयोजना गरी सांसद विशाल भट्टराईले शिलान्यास गर्नुभएपछि निर्माण कार्य सुरु गरिएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताए ।
“साप्सुखोलाको पक्की पुल १८ महिनाभित्र पूरा हुने सम्झौता भएको छ”, उनले भने, “पुल निर्माण भएपछि दिक्तेल–खोटाङबजार सडकमा सहज आवतजावत हुनेछ ।”
शिलान्यासपछि निर्माण कार्य सुरु गरिएको पुल तोकिएकै समय आगामी असार मसान्तभित्र पूरा गर्ने ठेकेदार कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधि श्याम पोखरेलले प्रतिबद्धता जनाए । साप्सु र तावा खोलामा पुल बने दिक्तेल–खोटाङबजार सडक सञ्चालनमा आउने यातायात व्यवसायीले जनाएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसांसद कुलप्रसाद फुयाँलले आफूले जिम्मा लिएको पुल अलपत्र नपार्न ठेकेदारलाई सुझाव दिए । “अधिकांश योजना ठेकेदारको लापरबाहीले अलपत्र परेका छन्”, उनले भने, “यसमा तपाईंहरुले त्यसो गर्न पाउनुहुन्न ।”
साप्सुखोलामा पक्की पुल बन्ने भएपछि दक्षिणी क्षेत्रका स्थानीय हर्षित भएका छन् । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा साप्सुखोलापारि ३८ गाविस पर्दछन् । रासस साप्सुखोलामा मोटरेबल पुल निर्माण सुरु
खोटाङ/जिल्लाको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको रु दुई करोड ३० लाख ३६ हजारको लागतमा पूरा हुने पक्की पुल बुधबारदेखि निर्माण कार्य सुरु गरिएको हो ।
दिक्तेल नगरपालिका–१० र मात्तिम जोड्ने ३० मिटर लम्बाइ भएको पुल बुधबार एक कार्यक्रमको आयोजना गरी सांसद विशाल भट्टराईले शिलान्यास गर्नुभएपछि निर्माण कार्य सुरु गरिएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताए ।
“साप्सुखोलाको पक्की पुल १८ महिनाभित्र पूरा हुने सम्झौता भएको छ”, उनले भने, “पुल निर्माण भएपछि दिक्तेल–खोटाङबजार सडकमा सहज आवतजावत हुनेछ ।”
शिलान्यासपछि निर्माण कार्य सुरु गरिएको पुल तोकिएकै समय आगामी असार मसान्तभित्र पूरा गर्ने ठेकेदार कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधि श्याम पोखरेलले प्रतिबद्धता जनाए । साप्सु र तावा खोलामा पुल बने दिक्तेल–खोटाङबजार सडक सञ्चालनमा आउने यातायात व्यवसायीले जनाएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसांसद कुलप्रसाद फुयाँलले आफूले जिम्मा लिएको पुल अलपत्र नपार्न ठेकेदारलाई सुझाव दिए । “अधिकांश योजना ठेकेदारको लापरबाहीले अलपत्र परेका छन्”, उनले भने, “यसमा तपाईंहरुले त्यसो गर्न पाउनुहुन्न ।”
साप्सुखोलामा पक्की पुल बन्ने भएपछि दक्षिणी क्षेत्रका स्थानीय हर्षित भएका छन् । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा साप्सुखोलापारि ३८ गाविस पर्दछन् । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।