बालक बेपत्ता
बैतडी/जिल्लाको पाटन नगरपालिकाका एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा पाटन नगरपालिका– ९ वसन्तपुरका भानसिंह बोहराका १४ वर्षिय छोरा प्रकाशसिंह बोहरा रहेका छन् ।
स्थानीय बजार मुस्याचौर जान्छु भनि गत बिहीबार हिँडेको छोरा घर फर्केको छैन, बेपत्ता बालकका बुबा भानबहादुर बोहराले रासससँग भने, “छिमेकी, नातागोता सबैतिर सोधपुछ गर्दा पनि भेटिएन ।”
बेपत्ता छोराको खोजी गरिदिन प्रहरीसमक्ष अनुरोध गरेको पनि उनले बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























