हलेसी दर्शन गरेर फर्किएको बस दुर्घटना, पाँचजनाको मृत्यु (अपडेट)
धरान/कटारी घुर्मी खण्ड अन्तर्गत उदयपुरको लेखानी–५ भदौरेमा शुक्रबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना बिहान साढे ९ बजे भएको प्रहरीले बताएको छ ।
खोटाङको हलेसी दर्शन गरेर फर्किएको बा ४ ख ३६२० नम्बरको बस दुर्घटना हुँदा पाँचजना दर्शनार्थीको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक चिरन्जीवी कोइरालाका अनुसार मतृकहरुको हालसम्म सनाखत हुन सकेको छैन् । बसमा ४१ भन्दा बढी दर्शनार्थीसहित चालक रहेका थिए ।
डिएसपी कोइरालाले दुर्घटना स्थलमा प्रहरी टोली परिचालन गरिएकाले विस्तृत विवरण केही समयपछि आउने बताए । जनचेतना दलित संगम मघुपट्टी नामक गैरसकारी संस्थाले सेवाग्राहीलाई दर्शन गराउन लगेको बुझिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























