तरहरा / सरकारद्वारा बिरामीलाई निःशुल्क रूपमा वितरण गरिने भनिएको आधारभूत औषधि समेतको अभाव भएपछि जिल्लाका सम्पूर्ण सरकारी स्वास्थ्य केन्द्रहरु आफै विरामी परेका छन । सुनसरीका प्राथमिक स्वास्थ्य केन्द्र, उपस्वास्थ्य चौकी र सहरी क्लिनिकसहित सम्पूर्ण स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएपछि सर्वसाधारण बिरामीको उपचार सेवा प्रभावित वन्न पुगेको हो ।औषधि अभावका कारण सुनसरीका सरकारी स्वास्थ्य कार्यलयहरुमा विरामीको चाप घट्न थालेको छ ।
सरकारले निःशुल्क वितरण गर्दै आएको आधारभूत एवम् अत्यावश्यक औषधिको अभावका कारण चिकित्सकले लेखेको प्रेस्क्रिप्सन लिएर सर्वसाधारण औषधि लिन निजि औषधी पसलमा धाउँन पर्ने वाध्यता हुन थालेको प्रथामिक स्वास्थ्य केन्द्र इटहरीले जनाएको छ ।जिवनजलदेखी अतिआवश्यक औषधीहरुको समेत अभाव भएपछि अतिविपन्न तथा गरिब परिवारका बिरामीहरु बिना उपचार अन्तै जाने बाध्यता हुन थालेका छन् । आईतवार निमोनियाको औषधी लिन पुगेका इटहरी ८ का सहविर मुसहर रित्तो हात फर्केनु परेको गुनासो गरे ।
उनले भने सित्तैमा औषधी पाईन्छ भनेर यहाँ आएको औषधी पाईएन स्वास्थ्य केन्दबाट बाहिरिदै गरेका उनले भने । उनी जस्तै अधिकांस विरामीहरु औषधी विना रित्तो हात फर्केनु बाध्यता छ ।स्वास्थ्य केन्द्रहरुमा सिटामोल, आइरन चक्की, स्लाइन पानी, एन्टिबायोटिक औषधि, भ्याक्सिन, इन्जेक्सन आइटम र आकस्मिक कक्षमा आएका तथा शल्यक्रिया गर्दा प्रयोग गरिने औषधिको अभाव भएको छ । त्यस्तै झाडापखालाको मेट्टोन, ग्यास्ट्रिकको एन्टासिड, गर्भवती महिलाका लागि आइरन चक्की, टिटी खोप, बालबालिकाको बिसिजी, टिपिटी खोप तथा क्षयरोगका बिरामीको औषधिको समेत अभाव हुन थालेको कारण औषधी खरीद गर्ने टेण्डर प्रक्रिया अगाडी बढाएको जिल्ला जनस्वास्थ्य प्रमुख मुकुन्द्र गौतमले वताए । उनले भने म सुनसरी भर्खरै आएको हुँ औषधी प्राय सबै अभाव रहेछन खरीद प्रक्रिया अगाडी बढाएर एक साता भित्र स्वास्थ्य केन्द्ररुमा पठाईसक्नु उनले भने ।
ग्रामीण भेगका प्राय सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरुमा औषधीको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यलय सुनसरीले जनाएको छ । जिल्ला जनस्वास्थ्यको गोदामपनि पुर्ण रुपमा रित्तिएको छ । इटहरी प्रथामिक स्वास्थ्य केन्द्रका प्राविधिक विरेन्द्र देवानले प्रथामिक स्वास्थ्य चौकी इटहरीमा अधिकांस औषधीको भाडाहरु रित्तिएको वताए । औषधीहरुको अभाव चरम भईरहेको भन्दै एनटिभाईटीक पनि सक्की सकेको उनको भनाई थियो । झाडापखला, निमनिया, छैन एआरआई औषधीहरु प्नि पूर्ण रुपमा अभाब भईरहेको भन्दै यहाँ आउँने विरामीहरु रित्तोहात फर्काउँनु पर्ने वाध्यता आएको वताए ।
स्वास्थ्य चौकी तरहराका प्रमुख दिनेश चौधरीले भने तरहरा स्वास्थ्य चौकीका भने औषधीहरुको खासै अभाव भईनसकेको वताए । उनले भने । यहाँ विरामीहरुको संख्या समेत कमी आउँने हुनाले औषधीको अभाव नै भईसकेको छैन उनले भने । तरहरा स्वास्थ्य चौकीमा गर्मी याममा २० जना सम्म विरामी आउँने गरेको भए पनि अहिले मौषम परिवर्तन र जाडोको कारण विरामी आउँनेहरुको संख्या ह्वात्त घटेको वताए ।