अाजकाे राशिफल
- मंसिर २९, २०७३
- ब्लाष्ट खबर
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । साथीभाईसंग मनमुटाब हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । प्रेमको बन्धन कसिएर जानेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सहयोगीहरूले काममा साथ दिनेछन । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । रमाइलो छोटो यात्राको योग रहेको छ । अध्ययन अध्यापनमा मन लाग्नेछैन ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन । प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तानको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । मन खुसि रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । काममा भने केहि अबरोध देखिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा खटपट आउने देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथ दिनेहरू बढ्नेछन । सामाजिक मानसम्मान र प्रतिष्ठा मिल्नेछ । समयसंग चल्न नसक्दा काममा केहि अबरोध आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । पुराना समस्याहरु बिस्तारै हराएर जानेछन । घरायसी काममा रुची बढ्नेछ ।