अनिश्चितकालीन अर्घाखाँची बन्द
अर्घाखाँची/अर्घाखाँचीको सन्धिखर्कमा आज दिउँसो विरोध सभा हुने भएको छ । ५ नं प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा विरोधसभा हुन थालेको हो । विरोध सभालाई सबै दलका केन्द्रीय नेताले सम्बोधन गर्ने भएका छन् ।
नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेता रेवतीप्रसाद भुसाल, नेकपा (एमाले)का नेता दलबहादुर राना, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक विष्णु मुस्कानले बताए ।
विरोधसभा अघि जुलुस प्रदर्शन सन्धिखर्कको टुँडिखेलबाट सुरु भई शान्ति बगैँचा, मेन रोड, हललाइन, बसपार्क, चुत्राबेसी, भक्तिटोला, बैंकरोड हुँदै पुन टुँडिखेलमा गई विशाल विरोधसभामा परिणत हुने मुस्कानले बताए ।
आजदेखि अनिश्चितकालीन अर्घाखाँची बन्द भएको छ । बन्दका करण जिल्लाका सम्पूर्ण कलकरखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बन्दमा शिक्षण संस्था भने खुल्न दिने बन्द आह्वान समितिले जनाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























