धरान /सूचनामा अधिकार संजाल, सुनसरीमा आबद्ध सविन पोख्रेलले निर्बाचन आयोगले आफुलाई सुचना नदिएको भन्दै राष्ट्रिय सुचना अयोगमा निबेदन दिएका छन् ।
सुचना आयोगले पनि निर्बाचन अयोगलाई सुचना उपलब्ध गराउन आदेश दिइसकेको उनले बताए । उनले आयोगका कर्मचारीहरुको चरम लार्पबाहीका कारण आफुले सुचना नपाएको बताए । उनले हाल नेपालमा कति राजनैतिक दल दर्ता भएका छन् र दोस्रो संविधानसभाको निर्वाचनमा कुन दलको के कति खर्च भयो भन्ने शीर्षकमा निर्वाचन आयोगमा असोज १७ गते सूचना अधिकारीसमक्ष सूचना माग गरेका थिए । सुचनाको हक सम्बन्धी ऐनमा १५ दिनभित्र सूचना अधिकारीले सूचना नदिएमा कार्यालय प्रमुख समक्ष उजुरी गर्नुपर्ने व्यवस्था छ ।
निर्बाचन आयोगका सूचना अधिकारी सुरेन्द्र अर्यालले सूचनाको ढाँचा हराएको भन्दै पुन अर्को निबेदन माग गरेको बताए । अर्को निबेदन दिएर १५ दिन पछि जाँदा सूचना तयारी नभएको तर छिटै भइहाल्ने आश्वासन अधिकारी अर्यालले दिएका थिए । संविधानमा प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्न पाउने हक हुने उल्लेख गरिएको छ ।