वि.सं. २०७३ साल पुस १ गते। शुक्रबार। इश्वी सन् २०१६ डिसेम्बर १६ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– तृतीया, २४:४२ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। पुरानो गतिले मात्र काममा फइदा नहुन सक्छ। समस्या दर्साउँदा आफन्तले साथ दिनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्दै फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नदेखि परिस्थितिले सोचेभन्दा फरक मोड लिनेछ। सहयोगीहरू पछि हट्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नपछि वादविवाद र अर्थ अभावले सताउन सक्छ। चिताएको काममा बाधा हुने सम्भावना देखिएकाले सावधान रहनुहोला । कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा अरूको साथ भने जु्टाउन नसकिएला। भोजभतेरको निम्तो प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम प्रारम्भ हुन सक्छ। तर रकम हातलागी भए पनि खर्च गर्नुपर्ला। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आकस्मिक खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) समाजमा तारिफयोग्य काम सम्पादन गर्दै छोटो समयमा लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मध्याह्नदेखि मनग्य आम्दानी बढ्नेछ। मेहनत गर्दा दिगो फाइदा दिने स्रोतसमेत फेला पर्नेछन्। विभिन्न उपयोगी भौतिक साधनहरू पनि प्राप्त हुने समय छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। व्यापारमा मनग्य धन लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नदेखि अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले पनि फसाउने चेष्टा गर्नेछन्। धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) कमजोर मानसिकताले पछि परिनेछ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। तापनि मध्याह्नदेखि समुदायको हितमा धेरै काम गर्न सकिनेछ। बलभन्दा बुद्धिको उपयोग गर्नुहोला। सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) वादविवादमा परिने योग देखिएकाले सजग रहनुहोला। विभिन्न सहयोग र उपहार पनि प्राप्त हुनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ने हुन सक्छ। मध्याह्नपछि भने समस्यामै अल्झनुपर्ला। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। स्वास्थ्य कमजोर रहनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ। तर, अधैर्य व्यवहार दर्शाउँदा आत्मसम्मानमा बाधा पुग्न सक्छ। लोकाचारले अनियन्त्रित खर्च गराउन सक्छ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) कामका लागि बिहानको समय अनुकूल रहनेछ। रमाइलो परिस्थितिका बीच परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि काममा समय दिन नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अर्थ अभावले आजको योजना स्थगित हुन सक्छ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। साइनो गाँस्नेहरूले बित्थैमा अलमल्याउन सक्छन्। तर समस्या दर्शाउँदा साथ दिनेहरू पनि फेला पर्नेछन्। साथीभाइहरूको सहयोग जुट्नाले मध्याह्नपछि सजिलै लक्ष्य प्राप्ति होला। युक्ति-बुद्धिले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रचनात्मक कार्यमा जुट्दा मनग्य फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरूले पनि हार खानेछन्। (नेपाली पात्रो)