doctortoolsपाँचथर/जिल्लाको भारपा–८ का कृष्णबहादुर विश्वकर्माले दुबै मृगौलामा खराबी देखिएर जीवन र मृत्युसँग सङ्घर्ष गरिरहेकी आप्mनी श्रीमतीको उपचारका लागि सहयोग याचना गरेका छन् ।बिहीबार फिदिममा पत्रकारहरुसँग कुराकानी गर्दै कृष्णले उपचार गर्ने रकम नहुँदा अहिले आप्mनी जीवनसङ्गिनी ३९ वर्षीया विष्णु शङ्कर घरैमा छट्पटाइरहेको बताए ।

अस्वाभाविक रुपमा ब्लिडिङ हुने समस्या देखिएपछि कृष्णले विष्णुलाई मङ्सिर २० गते पाँचथर अस्पतालमा जँचाउन ल्याएका थिए ।डाक्टरले उच्च रक्तचापका कारण विष्णुको मृगौलामा असर परेको भन्दै तत्काल ठूलो अस्पतालमा लैजान सुझाव दिएपछि उनलाई झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पताल पु¥याइएको थियो । त्यहाँ जँचाउँदा विष्णुको दुबै मृगौलामा खराबी देखिएको र तुरुन्त विशेषज्ञ डाक्टरकहाँ लैजान भनेको कृष्णले बताए ।

उनले पत्रकारहरुसँग आँशु खसाउँदै भने, ‘भएको पैसा सबै सकियो, त्यसैले श्रीमतीलाई विवश भएर घर फर्काएँ, अहिले उनको उपचारको लागि सहयोगीहरुको खोजीमा छु ।’ कृष्णका अनुसार विष्णुको दुबै मृगौलाको ५० प्रतिशत भाग ड्यामेज भएको हुनसक्ने डाक्टरले बताएका छन् । यसको यकिन भने विशेषज्ञ डाक्टरलाई देखाएपछि मात्र हुनेछ ।गत वर्षको वैशाख १२ गते आएको महाभूकम्पमा क्षति भएको घर समेत पुनःनिर्माण गर्न नसकिरहेको बेला कृष्णलाई अर्को समस्या आइलागेको हो । दुई छोरा र दुई छोरी रहेको कृष्णको परिवारमा केही वर्षअघि जेठा छोरा सुनीलमा अपाङ्गता र जेठी छोरी एलिशा र कान्छी एलिजामा समेत आपैmं बेहोस भएर ढल्ने समस्या देखिएको थियो ।

विभिन्न सङ्घसंस्थाहरुको सहयोगमा उपचारपछि हाल १८ वर्ष पुगेका सुनील र १६ वर्षकी एलिशामा त्यो समस्या हटेको छ तर कान्छी १४ वर्षीया एलिजालाई भने बिरामले पूर्णरुपमा छाडेको छैन । मस्तिष्क र नशाको समस्या झेलिरहेकी एलिजाले अहिले पनि औषधी सेवन गरिरहेको कृष्णले बताए । एकपछि अर्को समस्याले च्यापिरहेको बेला फेरि श्रीमतीको दुबै मृगौलामा खराबी देखिएपछि कृष्ण झन् समस्यामा परेका छन् । कमजोर आर्थिक अवस्था भएका उनले आप्mनी श्रीमतीलाई बँचाउन सबैसँग आर्थिक सहयोगको याचना गरेका छन् ।