मल्कावाङमा ४२ किलोवाट विद्युत् उत्पादन
बेनी (म्याग्दी)/म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण समितिका सहसचिव हरिबहादुर छन्त्यालले बताए ।
सहसचिव छन्त्यालले दिएको जानकारीअनुसार जनश्रमदान रु ५९ लाख ५५ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८१ लाख ९० हजार, प्रवासी मल्कावाङवासीको रु ४९ लाख, जिविस म्याग्दीको रु दुई लाख, मल्कावाङ गाविसको रु तीन लाख २० हजार, स्थानीय जनजागरण आमा समूह र सनलाइट युवा क्लबको रु २८ लाख गरी जम्मा रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो आयोजना निर्माण भएको हो ।
आयोजना निर्माणपछि मल्कावाङ–२ देखि ६ सम्मका २१२ घरमा बिजुली बलेको जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर छन्त्यालले बताए । “बिजुली बलेपछि हामी अत्यन्त खुसी छौँ, यस्तो दुर्गम गाउँमा पनि बिजुली बाल्न पाउँला भनेर सोचेकै थिएनौँ”, स्थानीयवासी तिलकुमारी छन्त्यालले भने । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























