ताप्लेजुङको फाकुम्बामा आगलागीबाट ६ लाख बराबरको क्षति
ताप्लेजुङ/ताप्लेजुङको फाकुम्बामा एक घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।
फाकुम्बा ८ बस्ने ओजा हाङ लिम्बुको घरमा सोलार प्यानलबाट मोवाइल चार्ज गर्नेक्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आगोले लिम्बुको घर तथा भित्रका सम्पुर्ण सामान जलेर नष्ट भएको थियो । आगलागी प्रहरी र गाउँलेको सहयोगमा पौने घण्टामा नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।
उता मोरङको टंकीसिनुवारी १ स्थित सुरज यादवको हेम कवाडी पसलमा हिजो दिउँसो अचानक आगलागी हुँदा करीव पचास हजार बराबरको कवाडी सामानहरु जलेर नष्ट भएका छन । आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा अपरान्ह ४ बजे नियन्त्रणमा आएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























