तेह्रथुमको सक्रान्ती बजारमा आगलागी, आगलागीबाट हालसम्म करिव १३ घर जलेको आशंका -अपडेट
तेह्रथुम/तेह्रथुमको सदरमुकाम म्याङलुङबाट ६७ किलोमिटर पूर्व आठराई स्थित संक्रान्ती वजारमा एक घण्टा अघि वाट शुरु भएको आगलागीमा परी अहिले सम्म पा“च वटा घर जलेका छन् ।
स्थानीय अग्नी सेडाईको घर वाट शुरु भएको आगलागीमा परी संगै रहेका वद्री सेढाई, दिपेस सिटौला, अमृत गहतराज र देवेन्द्र पाहीमको घर पुर्णरुपमा जलेको छ । हावा चलीरहेकाले आगो नियन्त्रणमा समस्या भएको स्थानीय वासु वरालले वताए । आगो वजारका अन्य घर तर्फ फैलीरहेको छ । आगो नियन्त्रणका लागि संगै जोडीएका केही घर डोजर लगाएर भत्काउने प्रयास भैरहेको स्थानीयले टेलीफोनमा जानकारी दिएका छन् । वजार क्ष्ँेत्रको सडक साघुरो भएकाले डोजर लगेर भत्काउन समेत समस्या भएको प्रहरी नायव उपरीक्ष्ँक भाग्येन्द्र पुरुष ढकालले वताए ।
वजारमा पानीको अभाव भएको र हावा चलीरहेकाले आगो निभाउन समस्या भएको उनले वताए । आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले प्रयास गरीरहेका छन् । पा“चथरको फिदिम वाट नजीकको दुरीमा रहेकाले आगो नियन्त्रणका लागि त्यहा वाट थप प्रहरी आउदै गरेको प्रहरी नायव उपरीक्ष्ँक ढकालले वताए ।
सदरमुकाम स्थित म्याङलुङ नगरपालिका र लालीगुरा“स नगरपालिकामा एक÷एक वटा दमकल भए पनि सडक सा“घुरो भएकाले त्यस तर्फ दमकल पठाउन नसकीएको प्रहरीले जनाएको छ । आगलागी भैरहेको संक्रान्ती वजार सदरमुकाम म्याङलुङ वाट एक दिनको पैलद दुरीमा पर्छ । आगलागीको कारण खुल्न सकेको छैन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























