वि.सं. २०७३ साल पुस २ गते। शनिबार। इश्वी सन् २०१६ डिसेम्बर १७ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्थी, २३:३० बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) कोसिस गर्दा रोकिएको व्यवसायले गति लिनेछ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। आफन्तको सहयोग जुट्नाले समस्याबाट मुक्ति मिल्नेछ। टाढिएका साथीभाइसँग पुनर्मिलन हुनेछ। तर, ईर्ष्यालु मन भएकाहरूबाट सजग रहनुहोला। कृषि तथा व्यापारमा थोरै लाभ भए पनि दिगो फाइदा उठाउन सकिनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) सानोतिनो समस्याले आँटेको काममा बाधा पुग्न सक्छ। गलत हिसाबकिताबले आम्दानी रोकिनुका साथै अनावश्यक विवाद निम्त्याउन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी होला। तथ्य वस्तु पत्ता लगाउने चेष्टा गर्नुहोला। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजना अघि बढाउन नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। ठूलै फाइदाको आश्वासन पाइए पनि यथार्थमा लाभ भने कमै मिल्नेछ। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) अवसरको खोजीमा केही दौडधुप र खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। लामो यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट मनग्य लाभ उठाउन सकिनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) अवसरवादीहरूले फसाउन सक्छन्। श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। प्रतिष्ठित व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) अरूका समस्यामा चासो लिँदा अाफैंलार्इ धोका हुन सक्छ। जसको उपकार गरिन्छ, उसैबाट धोका पाइनेछ। विगतका कमजोरी बाहिर आउनाले समस्यामा परिएला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग वादविवाद हुन सक्छ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित गराउनेछ। टाढिएका साथीभाइ नजिकिनेछन् भने सामान्य मित्रता पनि दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। धेरैले मेहनतको तारिफ गर्नेछन्। प्रतिष्ठा कमाउने बेला छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूले धोका दिन सक्छन्। काममाथि अरूको निगरानी हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) नजिककासँग असमझदारी बढ्नाले काममा बाधा हुनेछ। बलजफ्ती गर्दा पुरानो सम्झौता भंग हुन सक्छ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफ्नै अहंकारले आत्मसम्मानमा आघात पुर्याउन सक्छ। पतिपत्नीमा अविश्वास बढ्ने योग छ। तापनि मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। वादविवादमा अघि नबढ्नुहोला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) समय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।अधिकार र प्रतिष्ठाका लागि जोखिम उठाउनुपर्ला। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। यात्राको प्रक्रियाले खर्च बढाउला। प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। (नेपाली पात्रो)