श्रीलङ्का सडक दुर्घटनामा दशजनाको मृत्यु
कोलम्बो (श्रीलङ्का)/श्रीलङ्काको जाफ्ना क्षेत्रमा एउटा भ्यान र बस एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।
मृतक सबै भ्यानमा चढेर जाफ्ना सहरतिर हिँडेका यात्रु रहेका प्रहरीले जनाएको छ । घटनामा २१ जना घाइते भएका र उनीहरूमध्ये तीनजनाको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ ।
श्रीलङ्कामा कमजोर सडक संरचनासँगै चालकको लापर्बाहीका कारण सडक दुर्घटना बढेको भन्दै सरकारले चालकबाट हुने लापर्बाहीलाई न्यूनीकरण गर्न भनी औसत ट्राफिक जरिवानालाई एक महिनाअघि ५०० रुपैयाँबाट २५ हजार रुपैयाँ पु¥याइएको थियो ।
श्रीलङ्कामा बर्सेनि औसत तीन हजार व्यक्तिको सडक दुर्घटनाका कारण ज्यान जाने गर्छ । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























