ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु
सल्यान/ट्रयाक्टर दुर्घटना हुँदा यहाँ मुसीकोटका दीपक परियारको मृत्यु भएको छ ।
राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डको धनवाङ १ अरिंगाले फेदीमा भे १ त ५२९२ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका १, रातामाटा निवासी २० वर्षीय परियारको मृत्यु भएको हो ।
शनिबार राखित दुर्घटना भए पनि आइतबार बिहान मात्र च्यापिएको अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्रयाक्टर दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्र्यालय तुल्सीपुरले नियन्त्रणमा लिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























